बार्सिलोनामा अनुबन्ध भइन् लुसी ब्रोन्ज
काठमाडौं । इंग्ल्याण्डकी डिफेन्डर लुसी ब्रोन्ज बार्सिलोनामा अनुबन्ध भएकी छन् ।
उनी फ्रि ट्रान्सफरमा दुई वर्षका लागि अनुबन्ध भएको स्पेनिस क्लबले शनिबार जनाएको छ । बार्सिलोनाले लुसीको तस्बिर राख्दै ट्विटरमा लेखेको छ– तपाईंलाई नयाँ घरमा स्वागत छ ।
लुसीको म्यानचेस्टर सिटीसँगको सम्झौता यही जुनको अन्त्यमा सकिँदै थियो । म्यानचेस्टर सिटीले गत मेमा नै सम्झौता सकिएपछि ३० वर्षीया लुसीले क्लब छाड्ने जनाएको थियो ।
उनी सन् २०२० मा दोस्रो पटक म्यानचेस्टर सिटीमा आबद्ध भएकी थिइन् ।
विश्वकै ठूलोमध्ये एक टिम बासिलोनामा आबद्ध भएर खेल्न पाउने अवसर पाउँदा म निकै खुसी भएकी छु । म साँच्चै टिमसँग काम सुरु गर्न चाहन्छु,’ उनले भनेकी छन् ।
ब्रेन्ज सन् २०२० को महिलातर्फको उत्कृष्ट फिफा खेलाडी हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया