बाह्र स्वर्णसहित नेपाल च्याम्पियन
काठमाडौं । भारतको जयपुरमा आयोजना भएको दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन) १२ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित च्यामिपयन बनेको हो ।
टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठका अनुसार नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीमा वर्षा केसी, झरना केसी, सुरोज राजबाहक, एञ्जिला राई, शाहिल घले र शर्मिला वाईवा रहेका छन् । त्यसैगरी पुष्पका लामा, वर्षा बुढामगर, साजन बल, सन्तोष श्रेष्ठ र एरिका गुरुङले पनि स्वर्ण पदक प्रप्त गरेका छन् । नेपालका लागि सुरेन्द्र तामाङले पनि कातातर्फ स्वर्ण जिते ।
प्रतियोगितामा रुपक श्रेष्ठ र सम्मान मल्ल श्रेष्ठले रजत तथा सुरेन्द्र तामाङ र सञ्जय महर्जनले कास्यपदक प्राप्त गरे । नेपाल सोतोकान टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न गत जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया