विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर रोनाल्डिन्होसँग खेलेर हराएपछि के भने नेपाली खेलाडी रोहित चन्दले ?

काठमाडौं । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर रोनाल्डिन्होसँग फुटबल खेल्न पाउनु अदभूत रहेको प्रतिक्रिया नेपाली खेलाडी रोहित चन्दले दिएका छन् ।
केही दिन अघि इण्डोनेसियन क्लब पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होसहितको टोली रेन्स नुसनतारा एफसीलाई हराएर उपाधि जितेको थियो । रोनाल्डिन्होसम्मिलित टोलीसँग खेल्न पाउनुलाई रोहितले मिठो शब्दमा व्याख्या गरेका छन् ।
‘महान रोनाल्डिन्होसँग मैदान सेयर गर्न पाउँदा अद्भुत अनुभवन भयो । मैंले यस्तो हुनेछ भनेर कहिल्यै पनि सोचेको थिइनँ । जसले फुटबलमा उनको जादू हेर्दै आएको थियो । अहिले मैदानमा उसैसँग खेल्न पाउनु मेरो लागि ठूलो अनुभव र आशिष हो ।’ चन्दले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
रोनाल्डिन्होसँग खेलेको सातावटा फोटो सेयर गर्दै रोहितले अद्भूत क्षण भन्दै सम्झिएका हुन् ।
उनै रोनाल्डिन्हो पनि सहभागी भएर हराउने भाग्यमानी खेलाडीसमेत रोहित हुन पुगे ।
पेर्सिकले पहिलो खेलमा रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारालाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
रोहितले रेन्स नुसनताराविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । उनले विश्व चर्चित ब्राजिली लेजेन्ड रोनाल्डिन्होविरुद्ध पहिलो रोजाइमै खेल्ने मौका पाएका हुन् ।
रेन्स नुसनतारा चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको क्लब हो । यो क्लब यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि क्लबका मालिकद्धयले आफ्ना समर्थकलाई सरप्राइज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।
त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएको बताइएको छ ।
४२ वर्षीय रोनाल्डिन्होले बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका, कन्फेडेरेसन कपलगायत सबै उपाधि जितेका छन् । यस्तै, क्लब फुटबलबाट च्याम्पियन्स लिगसँगै अन्य थुप्रै उपाधि जितिसकेका छन् ।
उनले युरोपका बार्सिलोना, पिएसजी र एसी मिलानजस्ता ठूला क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
रोनाल्डिन्होविरुद्ध खेल्नेमात्र होइन जित नै निकाल्ने भाग्यमानी नेपाली खेलाडी बने रोहित
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया