राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट
बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाबाट खेलाडी छनोट गरिएको छ । बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी क्षेत्रीय प्रतियोगिताका लागि ५६ खेलाडी छनोट गरिएको हो ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको हो । छनोट गरिएका खेलाडीमा भलिबल, कबड्डी र एथ्लेटिक्सका रहेका छन् ।
पाटनमा सम्पन्न प्रतियोगितामा दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा सुर्नया, सिगास र शिवनाथ गाउँपालिकाका खेलाडी सहभागी थिए ।
छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रदेशस्तरीय प्रतियोगिता यही असार २४ र २५ गते कैलालीको धनगढीमा हुँदैछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया