डेंगु कति घातक ? कसरी बच्ने ?
काठमाडौं । डेंगु ज्वरो एडिज एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्छ । यो रोग सार्ने लामखुट्टे शहरी क्षेत्रमा बढी पाइन्छ भने गाँउमा समेत यसको प्रभाव पर्छ ।
यस जातको लामखुट्टेले स-साना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ र यसको वुद्धि विकास हुन्छ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु, थोत्रा टायरहरु, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्दछ । यस लामखुट्टेले धेरैजसो दिउँसो टोक्ने गर्दछ ।
भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । उच्च ज्वरो आउनु, जोर्नी तथा मांसपेशी दुख्नु, आँखा दुख्नु, टाउको दुख्नु, शरीरमा राता विमिरा आउनु, वाकवाकी लाग्नु तथा वान्ता हुनु डेंगुका लक्षण हुन् ।
डेंगुको प्रकोपबाट बच्न झुलको प्रयोग गर्ने, लामखुट्टे लाग्ने ठाउँलाई सफा गर्ने, पानी जम्न नदिने, लामखुट्टेबाट बच्न धुप तथा लामखुट्टे मार्ने झोलको प्रयोग गर्नुपर्छ । त्यस्तै स्वास्थ्य चाैकीमा गई चिकित्सकको सल्लाह लिने गर्नुपर्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया