नेपाललाई सातौं सफलता, आदिलले लिए व्यक्तिगत तेस्रो विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले सातौं विकेट लिएको छ ।
आदिल आलमले नेपाललाई सातौं विकेट दिलाएका हुन् । जारी खेलमा यो उनको तेस्रो विकेट हो ।
यसअघि सोमपाल कामीले ३ तथा करण केसीले १ विकेट लिएका छन् ।
नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले २३ ओभरमा ७ विकेट गुमाएर ६६ रनमात्र बनाएको छ ।
यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया