आदिलले दिलाए नेपाललाई छैटौँ सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट लिएको छ ।
आदिल आलमले नेपाललाई छैटौं विकेट दिलाएका हुन् । जारी खेलमा यो उनको दोस्रो विकेट हो ।
यसअघि सोमपाल कामीले ३ तथा करण केसीले १ विकेट लिएका छन् ।
नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले १५ ओभरमा ६ विकेट गुमाएर ४७ रनमात्र बनाएको छ ।
यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया