स्कटल्याण्डले दियो नेपाललाई १४५ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई १४५ रनको झिनो लक्ष्य दिएको छ ।
स्कटल्याण्डले ४२.४ ओभरमा सबै विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
स्कटल्याण्डका ब्याटर नेपाली बलरका सामु सुरुवातीदेखि नै निरीह बनेका थिए । तर, अन्तिम विकेट झार्न भने नेपाललाई कठिन नै भयो । अन्ततः दीपेन्द्रसिंह ऐरीले अन्तिम विकेट हात पार्न सफल भए ।
नेपालका लागि सोमपाल कामी र आदिल आलमले समान तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रले एक विकेट हात पारे ।
यस्तो छ नेपालको सुरुवाती ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया