संसद्मा एमसिसी बहसको पूर्वसन्ध्या : सुरक्षा व्यवस्था कडा, लगाइयो तारबार
काठमाडौं । प्रतिनिधि सभामा गत फागुन ८ गते पेस भएको अमेरिकी परियोजना एमसिसीबारे बिहीबार छलफल हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘एमसिसीबारे सामान्य छलफल गरियोस्’ प्रस्ताव संसद्मा लानेछन् ।
एमसिसी भोलि संसद्मा छलफल हुने निश्चित भएसँगै सरकारले संसद् भवन नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
संसद् भवन परिसरमा र वरपर सम्भावित झडप हुने क्षेत्रमा प्रहरीले आज नै तारबार लगाइएको छ ।
गत ८ गते बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको थियो । झडप हुँदा थुप्रै प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । सडकसँगै पसलमा समेत तोडफोड भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया