NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसद्मा एमसिसी बहसको पूर्वसन्ध्या : सुरक्षा व्यवस्था कडा, लगाइयो तारबार

काठमाडौं । प्रतिनिधि सभामा गत फागुन ८ गते पेस भएको अमेरिकी परियोजना एमसिसीबारे बिहीबार छलफल हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘एमसिसीबारे सामान्य छलफल गरियोस्’ प्रस्ताव संसद्मा लानेछन् ।

एमसिसी भोलि संसद्मा छलफल हुने निश्चित भएसँगै सरकारले संसद् भवन नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
संसद् भवन परिसरमा र वरपर सम्भावित झडप हुने क्षेत्रमा प्रहरीले आज नै तारबार लगाइएको छ ।

गत ८ गते बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको थियो । झडप हुँदा थुप्रै प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । सडकसँगै पसलमा समेत तोडफोड भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष