एनएसएलबारे निर्णय गर्न एन्फाद्वारा कमिटी गठन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)का बारे निर्णय गर्न कमिटी गठन गरेको छ ।
एन्फाको बिहीबार बसिरहेको दोस्रो कार्यसमिति बैठकले अन्यौलतामा रहेको एनएसएलबारे निर्णय गर्न कमिटी गठन गरेको हो ।
बैठकले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
कमिटीका सदस्यहरूमा एन्फा उपाध्यक्ष दीपक खतिवडा, कुमार केसी र सदस्यहरू टीका लामा, मनिराज विष्ट, रवीन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन् ।
पछिल्लो समय एनएसएल र चार ए डिभिजन क्लबबीच विवाद बढेको छ । कमिटीले यो विवाद पनि सुल्झाउने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया