थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।
एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको संख्या दुई हजार चार सय ५७ जना छ ।
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ । सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु) मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया