थप ३०० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।
एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको संख्या दुई हजार चार सय ५७ जना छ ।
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ । सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु) मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया