एमसिसी पारित नगर्दा संविधान नै नबच्ने स्थिति देखा पर्यो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण प्राप्त उपलब्धि समाप्त हुने खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेको जिकिर गरेका छन् ।
‘एमसिसीले संविधान नै नबच्ने स्थिति देखाप¥यो । गठबन्धन सरकार भत्केर नयाँ सरकार आउने कुरा भएन । राष्ट्रियता नै खतरा पर्ने संकेत भएपछि विभिन्न विकल्प खोज्दै जाँदा अमेरिका निवासी डा. सूर्यप्रसाद सुवेदीले चिठी मेरोमा आइपुग्यो । त्यो चिठी प्राप्त भएपछि मेरो मनोबल बढेकोले स्वीकार गरेका हुँ’, सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् ।
प्रचण्डले आफ्नो निर्णयले देश ठूलो राजनीतिक दुर्घटनाबाट बचेको दाबी गरे । एमसिसी अनुमोदन भएपछि संविधान, लोकतन्त्र र व्यवस्था जोगिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया