अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने एमसिसी खारेज हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली संसद्बाट अनुमोदन भएको व्याख्यात्मक टिप्पणीसहित पारित एमसिसी सम्झौता अमेरिकाले नमाने खारेज हुने बताएका छन् ।
सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरी उनले पूरक प्रस्तावसहित एमसिसी सम्झौता अमेरिकाले नमाने खारेज हुने जिकिर गरेका हुन् । उनले अन्तर्राष्ट्रिय भियान सन्धिको आधारमा ख्यातिप्राप्त अधिवक्ताहरूको सुझावलाई समेटी पूरक प्रस्तावसहित सम्झौता संसद्बाट पारित भएकाले अर्को पक्षले बाध्य भएर मान्नुपर्ने बताए ।
‘यो कुनै रहस्यलाई छुपाएर एमसिसी पारित गरिएको होइन । संसारकै ख्यातिप्राप्त कानूनविदसँग परामर्श गरेर पूरक प्रस्ताव तयार गरेको हो’, उनले भने, ‘संसदबाट पूरक प्रस्तावसहित पारित भएकाले सम्झौताको दोस्रो पक्ष मान्न बाध्य हुनेछ । नमाने खारेज हुन्छ ।’
व्याख्यात्मक टिप्पणीसहित पारित सम्झौतामा अमेरिकी अधिकारीसमेत सकारात्मक रहेको जिकिर गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया