एमसिसीबारे प्रष्ट पार्ने क्रममा माधवले ओलीलाई लगाएका ३ आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीलाई लिएर एमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोहोरो चरित्र निभाएको आरोप लगाएका छन् ।
एमसिसी अडाडि बढाउन यसअघि अग्र मोर्चामा रहेका ओली अहिले पारित गर्ने बेला मुकदर्शक भएर बसेको उनले अरोप लगाए ।
‘एमसीसी अगाडि बढाउन जसले पहिले सबै तमासा ग¥यो, ऊ अहिले मुकदर्शक भएर बस्यो’, एमसिसीबारे प्रस्ट पार्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘न समर्थन, न विरोध । एउटा प्रहसन र तमासाजस्तो ।
नेपालले आफ्नो पार्टीको अस्तित्व देखेर ओली विचलित भएको अरोपसमेत लगाए ।
यी हुन् ३ आरोप :
१. यसअघि एमसिसी अघि बढाउन जोडबल गरेका ओली अहिले पारित गर्ने बेला मुकदर्शक बनेर द्वैध चरित्र देखाए ।
२. हाम्रो पार्टीको अस्तित्व देखेर ओली विचलित भए ।
३. आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएकाले संसद्मा त्यसलाई उठान पाइँदैन । तर, ओली एण्ड कम्पनीले संसद्मा उठाएर संविधान, ऐनको उल्लंघन गर्ने काम गरिहेको छ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया