NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १९ गते

विश्व मुटु दिवस : दैनिक शारीरिक अभ्यास आवश्यक

मोरङ । विश्व मुटु दिवसको अवसरमा मोरङमा बिहीबार प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ। कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा , सत्यनारायण मन्दिर , जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो।

प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

सो अवसरमा मेडिकल सुपरिटेण्डन्ट डा यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने बताए।

कोसी अस्पतालका डा दीपक सिग्देल, उत्तर मैनाली र औषधि बिक्री प्रतिनिधि अञ्जेश साहले नेपालमा ३० प्रतिशत युवामा मुटु रोग देखा परेकोले यस रोगबाट हुने हृदयघात, पक्षघात तथा मिर्गौला खराब हुनबाट जोगिनका लागि दैनिक ४५ मिनेट हिँड्डुल, हरियो सातपातको प्रयोग, धुवाँधुलोबाट जोगिनु र धूमपान प्रयोग नगर्न आग्रह गरे।