अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम, एक डलरको १३२.०६ रूपैयाँ
काठमाडाैं । अमेरिकी डलरको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
यसअघि असोज २३ गते १३२ रुपैयाँ २ पैसासम्म पुगेको डलरको भाउले शुक्रबार पुनः रेकर्ड तोडेको हो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८२ रूपैयाँ ४९ पैसा कायम भएको छ । यसको बिक्रीदर ८२ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १२ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९२ रुपैयाँ १० पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९५ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया