अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम, एक डलरको १३२.०६ रूपैयाँ

काठमाडाैं । अमेरिकी डलरको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
यसअघि असोज २३ गते १३२ रुपैयाँ २ पैसासम्म पुगेको डलरको भाउले शुक्रबार पुनः रेकर्ड तोडेको हो ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिदर ८२ रूपैयाँ ४९ पैसा कायम भएको छ । यसको बिक्रीदर ८२ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १२ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९१ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९२ रुपैयाँ १० पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९५ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया