ठाउँ नपुगेर राष्ट्रिय सभामा बसेको बैठकमा एमसिसीबारे ब्रिफिङ गर्दै प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठक दुई महिनापछि शुक्रबार काठमााडौंको राष्ट्रिय सभामा सुरू भएको छ ।
आठौं महाधिवेशनपछि पुस १९ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएपछि पटक–पटक स्थगित हुँदै आएको थियो ।
आजको बैठकको सुरूमै व्याख्यात्मक टिप्पणीसहित पारित भएको एमसिसी सम्बन्धमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूलाई जानकारी दिने कार्यक्रम तय भएको नेता मात्रिका यादवले जानकारी दिएका छन् । उनका अनुसार एमसिसी पार्टीको निर्णयअनरूप पास भएकाले नेताहरूले विरोध गर्नु आवश्यक छैन ।
पार्टीको आठौं महाधिवेशनले संशोधन नभइ एमसिसी सम्झौता पारित हुन नसक्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेकोमा नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू असन्तुष्ट रहेका छन् ।
माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्य छन् । ठाउँ नपगेर राष्ट्रिय सभामा बैठक राख्नुपरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया