एमसिसी विवाद एकीकृत समाजवादीमा पनि बल्झियो, दुवै बैठक बोलायो
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे पार्टीभित्र चुलिएको विवादबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।
उमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थानीय तहको चुनाव तथा एमसिसीबारे छलफल गर्न फागुन २३ मा पोलिटब्यूरो र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठक नयाँ बानेश्वरस्थित अपर्ण पार्टी प्यालेसमा बस्ने खतिवाडाले जानकारी दिए । पार्टी निर्णय विपरित अध्यक्ष माधव कुमार नेपालले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौत पास गर्न सहमति दिएपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् ।
उपाध्यक्ष केशवलाल श्रेष्ठले पार्टी निर्णय विपरित एमसिसी अनुमोदन गर्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन् । ‘पार्टीको दृष्टिकोण संशोधनसहित एमसिसी पास गर्नु हो’, अन्तिम समयमा नेतृत्वले सम्झौता पास गर्न सहमति दिनुभयो । यसले पार्टीभित्र केही असन्तुष्टि पैदा भएको छ । यसै विषयमा आगामी बैठकमा गम्भिर छलफल हुन्छ ।’
सुरूदेखि नै एमसिसीको विपक्षमा उभिएका खनालले व्याख्यात्मक टिप्पणीप्रति असहमित जनाउँदै एमसिसीको विपक्षमा उभिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया