नेता–कार्यकर्तालाई माधवको निर्देशन : एमसिसीविरुद्ध लेखेका स्टाटस मेटाउनू
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
नेता नेपालले एमसिसीविरुद्ध पहिले सामाजिक सञ्जालमा लेखेका विचार र प्रतिक्रिया पनि मेट्न आग्रह गरेका छन् ।
’पार्टीको समर्थनमा एमसिसी संसद्बाट पास भइसकेको छ । यसबारे पार्टीले औपचारिक निर्णय पहिले नै गरिसकेको छ’, नेपालले भने, ’पार्टीको निर्णय सबैलाई बाध्यकारी भएकाले एमसिसीविरुद्ध पहिले नै लेखिएका स्टाटस अब मेटाउनुस् ।’
सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसिसीका विपक्षमा थिए । तर, संसद्बाट १२ बुँदे व्याख्यात्मक टिप्पणी पारित गर्दै उनीहरूले एमसिसी पारित गर्न सघाए ।
व्याख्यात्मक घोषणापछि एमसिसीसम्बन्धी विवाद हटेकाले आफूहरूले संसद्बाट पारित गर्न सघाएको नेता नेपालले स्पष्ट पारे ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनसमेत पेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया