माओवादीलाई ‘चमेरो’ भन्दै होच्याएका गगनलाई प्रचण्डले दिए जवाफ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विरूद्धमा अपमानजनक शब्द प्रयोग नगर्न कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।
वाग्मती प्रदेशले आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार गोदावरीमा सम्बोधन गर्दै प्रचण्डले आपत्ति जनाएका हुन् । केही दिनअघि कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रलाई हात्तीको कानमा बसेको चमेरा भएको टिप्पणी गर्दै आगामी चुनावमा माओवादीलाई कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिप्रति प्रचण्डले आक्रोश पोख्दै भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री हामीले बानाएका हौं । हाम्रो अपमान गर्ने छुट कांग्रेसका नेताहरूलाई छैन । हामी अझै पनि गठबन्धनको पक्षमै छौं । पार्टी विशेष दललाई होच्याउने अभिव्यक्ति हामीहरूलाई शह्य छैन ।’
जेठसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरेका प्रचण्डले स्थानीय तह तयारी सम्बन्धमा रणनीति बनाउन वाग्मती प्रदेशबाट राजनीतिक प्रशिक्षण थालेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया