सर्वोच्चमा गोरु ब्यायो, पाँचवटा बाच्छा पायो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेशप्रति लक्षित गर्दै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चमा गोरु ब्याएर पाँचवटा बाच्छासमेत पाएको टिप्पणी गरे ।
राजनीतिज्ञ स्वर्गीय राजेश्वर देवकोटाको भनाइ स्मरण गर्दै उनले भने, ‘सर्वोच्च अदालतको परमादेशबाट गोरुले अहिलेको सत्ता गठबन्धन नामक पाँचवटा बाँच्छा पाएको छ ।’
ओलीले पाँचवटा बाच्छा भनेर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गरी सत्ता गठबन्धनमा रहेका पाँच दललाई लक्षित गरेका थिए ।
ओलीले सेटिङमा सबै काम भइरहेको आरोपसमेत लगाए । उनले संसदले सरकार बनाउने अधिकार परमादेशबाट खोसिएको बताउँदै सोही कारण मुलुक अहिले दुई धारमा बाँडिएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया