धनराज र गगनप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘यिनको व्यवहार देख्दा कांग्रेससँग तालमेल हुन गाह्रो छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेस्थानीय तहको चुनावमा आवश्यकताअनुसार तालमेल हुनसक्ने बताए ।
पार्टीको राजनीतिक र वैचारिक प्रशिक्षणका लागि आइतबार पोखरा पुगेका उनले यस्तो बताएका हुन् ।
कांग्रेसका केही जिम्मेवार नेताहरूको व्यवहार देख्दा कांग्रेससँग तालमेल हुन अप्ठ्यारो रहेको प्रचण्डको भनाइ थियो ।
पछिल्लो समय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले माओवादीलाई होच्याएर अभिव्यक्ति दिएकोप्रति उनले यस्तो बताएका हुन् ।
यी दुई नेताले केही समयअघि कांग्रेसलाई हात्ती र माओवादीलाई चमेरोको संज्ञा दिएका थिए ।
सो अवसरमा प्रचण्डले आफ्नो पार्टी पहिलो पार्टी हुने माहोल बन्दै गएको दाबीसमेत गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया