करिश्माले एमाले रोज्नुका ७ कारण
काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राष्ट्रिय कलाकारहरूले समेत दल–बदलमा तीव्रता दिएका छन् ।
नेपाली सिने क्षेत्रकी सदाबहार सुन्दरी नायिकाको उपमा पाएकी अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छिन् ।

फागुन २६ मा सांसद नवराज सिलवाल र गंगा चौधरीलाई साथै लिएर करिश्मा ओली निवास बालकोट पुगेकी थिइन् । ओलीसँगको छलफलपछि उनी एमाले प्रवेश गर्ने निर्णयमा पुगेकी थिइन् ।
करिश्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी आज प्रवेश गराएका छन् । पार्टी प्रवेश गर्दै अभिनेत्री करिश्माले आफूले एमाले रोज्नुका कारण प्रश्ट्याएकी छिन् । उनले प्रश्टाएका ७ कारण :
१. राष्ट्रियताको सवालमा अन्य दलभन्दा एमाले राष्ट्रवादी ।
२. देशभरका जनताको मुखमा एमाले रहेको छ ।
३. उत्पीडित, शोषित जनताको उत्थान गर्ने पार्टी हो ।
४. महिलालाई अधिकार दिने र उत्थान गर्ने पार्टी हो एमाले ।
५. विकास निर्माणमा नयाँ भिजन छ ।
६. प्रतिपक्षमा रहेर पनि सशक्त र प्रभावकारी काम गरेको छ ।
७. एमाले सबैको आशा र भरोसाको पार्टी भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया