ओलीले गरे करिश्मालाई पार्टीमा स्वागत
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले)मा प्रवेश गरेकी छिन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टी प्रवेश गराएका हुन् ।
ओलीले करिश्मालाई खादा ओढाएर तथा महासचिव शंकर पोखरेलले टीका लगाइदिएर पार्टी प्रवेश गराएका हुन् ।

०७२ मा बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीको सदस्य रहेकी करिश्माले पछिल्लोसमय ओलीसँग हिमचिम बढाएकी थिइन् ।
गत भदौमा पनि कोमल ओलीलाई लिएर करिश्मा ओली निवास बालकोट पुगेकी थिइन् ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह पनि सिंगै दल लिएर एमालेमा प्रवेश गरेका छन् । सिंह पूर्वमन्त्री हुन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया