स्थानीय चुनावमा मतदाताको संख्या टुङ्गो लाग्यो, महिलाभन्दा पुरुष धेरै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् ।
आगामी वर्षको वैशाख ३० मा हुन लागेको निर्वाचनका लागि अन्तिम नामावली टुङ्गो लगाएको निर्वाचन आयोगले जनाएको छ । आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।
जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता रहेको आयोगले जनाएको छ ।
यस्तै महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छन् ।
पुरुषभन्दा महिलाको जनसंख्या धेरै भए पनि मतदाता भने पुरुष बढी देखिएका छन् ।
यसैगरी, अन्यमा १८३ जना मतदाता छन् ।
सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २ सय २३ जना रहेका छन् ।
यसैगरी, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया