विराटनगर मेयरकाे उम्मेदवारकाे लागि यी हुन् कांग्रेसबाट सिफारिस ७ नेता ? कसले मार्ला बाजी ?
काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाको मेयरकाे उम्मेदवारकाे लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । २०७४ सालमा आफैंले जितेको महानगरमा वर्तमान मेयर र उपमेयरसहितका प्रभावशाली नेता नै सिफारिस भएका हुन् ।
जसमा केन्द्रीय राजनीतिमा प्रभाव जमाएकी डा. डिला संग्रौला पनि छिन् । उनी मेयरका लागि बलियाे दाबेदार हुन् ।
मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीको नाम सिफारिसमा परेको छ । केन्द्रीय सदस्य अमृत अर्याल, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर कांग्रेस कार्यसमितिका सभापति दीपक चापागाईं सिफारिस भएका हुन् । त्यस्तै, प्रदेश समिति सदस्य गोपाल रेग्मी पनि सिफारिसमा परेका छन् ।
सिफारिसमा परेकामध्ये डा. संग्रौला, मेयर पराजुली र अर्यालमध्ये एक उम्मेदवरा छानिने बताइएको छ ।
यही नामबाट कांग्रेस केन्द्रले उम्मेदवार चयन गर्नेछ । ६ महानगरपालिकामध्ये कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । उपमेयरमा ११ जनाको नाम सिफारिस भएको छ ।
उपमेयरमा निरज कोइराला, झुमा गौतम, डा. सीता घिमिरे, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, प्रमिला गच्छदार, प्रमिला थापा, राजु मास्के र गीता सिलवाल सिफारिसमा परेका छन् ।
विराटनगरमा यस अघि दुई गठबन्धन बने पनि कांग्रेसले बाजी मारेको थियो । गत निर्वाचनमा विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम मिलेका थिए । माओवादी र जनअधिकार फोरमले पनि गठबन्धन गरेका थिए । तर पनि ६ हजार अन्तरले कांग्रेसले जितेको थियो ।
३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया