६ महानगरमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो, कहाँ कुन दलले पाए मेयर र उपमेयरको उम्मेदवार ?

काठमाडौं । सत्तारुढ दलबीच ६ वटा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा भागबण्डा मिलेको छ । त्यस्तै ११ वटा उपमहानगरपालिकामा पनि सहमति जुटेको छ । सहमतिपत्रमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् ।
६ महानगरपालिकामध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख पाएको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुख पनि कांग्रेसले पाएको छ ।
भरतपुरको प्रमुख माओवादी केन्द्रले पाएको छ । माओवादीले ललितपुर महानगरपालिकाको उपप्रमुख पनि पाएको छ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखको उम्मेदवार पाएको छ । त्यस्तै, नेकपा एसले काठमाडौंमा उपप्रमुख पाएको छ ।
जनता समाजवादी पार्टीले वीरगञ्जमा प्रमुख र विराटनगरमा उपप्रमुखको उम्मेदवार पाएको छ ।
सत्ता गठबन्धन दल भए पनि राष्ट्रिय जनमोर्चाले ३४ वटा पदमा एउटा पनि पाएन । चार दलले नै ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख सबै आफैंसँग राखेका छन् ।
यद्यपी सहमतिपत्रमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि हस्ताक्षर गरेकी छिन् । नगरपालिका र गाउँपालिकको भागबण्डामा भने जनमोर्चाले पनि कोटा पाउने बुझिएको छ ।
सत्ता गठबन्धन दलबीच ११ वटै उपमहानगरपालिकामा पनि भागबण्डा मिलेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया