NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लिभरपुलका समर्थकले देखाएको सद्भावबारे रोनाल्डो, ‘जिन्दगीभर बिर्सने छैन’

काठमाडौं । म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रतिद्धन्द्धी लिभरपुलका समर्थकले एनफिल्डमा आफूप्रति देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पोर्चुगिज राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले एनफिल्डमा प्रशंसकले दिएको सम्मानलाई आफूले जिन्दगीभर नबिर्सने बताएका हुन् ।

‘एक विश्व, एक खेल, पूरा विश्वव्यापी परिवार, धन्यवाद एनफिल्ड’ रोनाल्डोले धन्यावाद दिने क्रममा भनेका छन् ।

गत सोमबार रोनाल्डोले नवजात छोरा गुमाएका थिए । मंगलबार लिभरपुल र रोनाल्डोको युनाइटेडबीच इंग्लिस प्रिमियर लिगको खेल भयो ।

एनफिल्डको 'सद्भाव'लाई रोनाल्डोले दिए धन्यवाद  

सो खेलमा विपक्षी लिभरपुलका समर्थकले रोनाल्डोको दुःखमा साथ दिँदै ‘तिमी कहिल्यै एक्लै हिड्ने छैनौं’ भन्ने लिभरपुल क्लबको नारा लगाएका थिए । युनाइटेडका समर्थकले पनि साथ दिएका थिए ।

युनाइटेड र लिभरपुलका खेलाडीले पनि रोनाल्डो र उनको परिवारको सम्मानमा हातमा कालोपट्टी लगाएर खेलका थिए ।

छोराको मृत्युका कारण रोनाल्डो भने सो खेलमा अनुपस्थित थिए । सो खेलमा युनाइटेड लिभरपुलसँग ४–० ले पराजित भएको थियो ।

रोनाल्डोकी ३७ वर्षीय प्रेमिका जोर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको पर्खाइमा थिइन् । तर, जन्मने क्रममा छोरा बिते । यद्यपि, छोरीलाई भने उनले सकुशल जन्म दिएकी छिन् ।

क्रिस्टियानो रोनाल्डोको छोराको मृत्यु्