क्रिस्टियानो रोनाल्डोका छोराको मृत्यु

काठमाडौं । म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको भर्खरै जन्मिएका छोराको मृत्यु भएको छ । जुम्ल्याहा सन्तान एक छोरा र छोरी जन्मिएकामा छोराको मृत्यु भएको हो ।
रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफू र आफ्नी प्रेमिका जोर्जीना रोड्रीगेजको एक शिशुको मृत्यु भएको घोषणा गरेका छन् । उनले यो घटनालाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ बताएका छन् ।
उनीहरूले लेखेका छन्, ‘हाम्रा बालक, तिमी हाम्रा निम्ति एक अमूल्य उपहार थियौ, तिमीलाई सधैं माया गर्नेछौं ।’
रोनाल्डो र उनकी प्रेमिका जुम्ल्याहा सन्तानको अपेक्षामा रहेको र उनीहरूको छोरी भने सकुशल रहेको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया