फुटबलर पेले अस्पतालबाट डिस्चार्ज

काठमाडौं । ब्राजिलका महान फुटबलर पेले तीन दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा आन्द्रामा पलाएको ट्युमरको अप्रेसन गरिएको थियो । त्यसैको फलोअपका लागि उनी गत मंगलबार ब्राजिलकै एउटा अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था सामान्य भएपछि पेले शुक्रबार अस्पतालबाट घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पेल विश्वकै महान फुटबलर गनिन्छन् । उनले तीनवटा विश्वकपको उपाधि जितेका छन् । तीनपटक विश्वकपको उपाधि जित्ने उनी एक्ला फुटबलर हुन् ।
प्रतिक्रिया