पत्रकार महासङ्घको आग्रह, ‘उम्मेदवार बन्न चाहनेले हाम्रो सदस्यता त्यागौं’

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने काम नगर्नसमेत महासङ्घले आग्रह गरेको छ ।
“महासङ्घले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने विज्ञप्तिमा जनाइएको छ ।
सो व्यवस्थाको पालना गर्दै सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राख्न पनि महासङ्घले आग्रह गरेको छ । निर्वाचनका समयमा महासङ्घका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण सङ्कलन गर्न महासङ्घको आचारसंहिता तथा अनुगमन विभागले अनुगमन गरिहेको छ ।
महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय समेत गरिएको छ ।
ताजा अपडेट
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
प्रतिक्रिया