मधेसमा सबैभन्दा धेरै उम्मेदवार, गण्डकीमा थोरै
काठमाडौं । आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभर ८२ हजार २१० जनाले उम्मेदवारी दिएका छन् ।
जसमध्ये मधेश प्रदेशमा सबैभन्दा बढीले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । मधेशमा १९ हजार १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसपछि प्रदेश नम्बर १ मा बढी उम्मेदवारी परेको छ । जसको संख्या १४ हजार ९३४ छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेशमा १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
हेरौं तथ्याङ्क :

ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया