NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

बाँकेको आठ स्थानीय तहमा उम्मेदवारी

नेपालगञ्ज । आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

कोहलपुर नगरपालिकामा प्रमुखका लागि १५ र उपप्रमुखका लागि १० ले मनोनयन दर्ता गराएका छन् । खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि ९ र उपाध्यक्ष पदका लागि ६, जानकी गाउँपालिकाकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ८ ले मनानयन दर्ता गरेका छन् । डुडुवा गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै जिल्लाको दुर्गम मानिने नरेनापुर गाउँपालिकाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको छ । बैजानाथ गाउँपालिकाको अध्यक्षको लागि ९ र उपाध्यक्षको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जानको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले), राप्रपा, जनमोर्चा नेपाललगायत स्वतन्त्र रुपमा पनि उमेदवारी दर्ता भएको छ ।

वडाध्यक्षमा सबैभन्दा बढी ११ जना र कममा दुई जनाको उमेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आज उमेदवारी उपर उजुरी विरोधको कार्यक्रम रहेको जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष