बुङगल नगरको मेयरमा महिलाको उम्मेदवारी

बझाङ । स्थानीय तहको निर्वाचन–२०७९ मा बझाङको बङ्गल नगरपालिका प्रमुख पदका लागि एक महिलाले उम्मेदवारी दर्ता गरेकी छिन् ।
नेकपा (एमाले)बाट बुङ्गल नगरमा धनदेवी कुँवरले उमेदवारी दर्ता गराएकी हुन् ।
कुँवर एमाले जिल्ला कमिटी सदस्य हुन् । उमेदवारी दर्तापश्चात कुँवरले अन्याय, असमानता र विभेद् रहित तथा महिला, बालमैत्री र वातावरणमैत्री नगर निमार्णका लागि आफ्नो उमेदवारी रहेको बताए ।
“सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय–अत्याचारविरुद्ध, नगरलाई वातावरणमैत्री बनाउने विभिन्न योजना समेट्ने छु” उनले भने । साथै कुँवरले नगरको समग्र विकास, विशेष गरी पिछडिएका वर्ग महिलाको उत्थानका लागि आफ्नो उमेदवारी रहेको बताए ।
कुँवर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मीनादेवी बोहरा जाग्रीसँग ७७१ मतले उपप्रमुखमा पराजित भएकी थिइन् । एमालेले बझाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पदमा महिलालाई अनिवार्य गरेको थियो ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया