NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रोल्पामा विप्लव समूहको उम्मेदवारी, को–को छन् उम्मेदवार ?

उमा केसी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।

उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि गङ्गादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केवी गुरुङले जानकारी दिए ।

उनका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका चुडामणि वलीले गाउँपालिकाको अध्यक्षमा र सुशीला वलीले उपाध्यक्षमा स्वतन्त्ररुपमा उमेदवारी दिएका छन् । यस गाउँपालिकाको वडा नं २ को अध्यक्षमा टीकाराम नेपाली, ३ को वडाध्यक्षमा लालबहादुर वली, ४ को वडाध्यक्षमा नन्दे वली, ५ को वडाध्यक्षमा यमनकुमार चन्द र ६ को वडाध्यक्षमा दीपेन्द्र खत्रीको उम्मेदवारी परेको छ ।

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्ती, उपाध्यक्षमा रायबहादुर पुनको उम्मेदवारी परेको छ । वडाध्यक्षमा वडा नं १ मा फर्के झाँक्री, वडा नं २ मा तीर्थनारायण मिजार र वडा नं ५ मा दुकमन रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा दीपेश विष्टको उम्मेदवारी परेको छ । यस गाउँपालिकाको २ नं वडाध्यक्षमा बेगमध्वज थापा ’एनान’ र वडा नं ६ को वडाध्यक्षमा सन्तोष सुवेदीको उम्मेदवारी परेको हो ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा लालबहादुर डाँगी र उपाध्यक्षमा मीरा बुढामगरले उमेदवारी दर्ता गराएको छ । यस्तै वडा नं २ को अध्यक्षमा अनिल केसी, ३ नं वडाध्यक्षमा पृथ्वीविक्रम डाँगी, ४ नं वडाध्यक्षमा चित्रबहादुर बुढा ५ नं वडाध्यक्ष खिमप्रसाद घर्ती शाह र ६ नं वडाध्यक्षमा दीपक थापाले उम्मेदवारी दिएका छन् । सुनछहरी गाउँपालिकाको अध्यक्षमा पुष्टमन घर्तीमगरले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । यहाँ तीन दलिय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको जनाइएको छ । ६ नं वडाध्यक्षमा भने हेमन्त पुनले उमेदवारी दिएका छन् ।

त्यसैगरी लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया विकले उम्मेदवारी दर्ता गरेका छन् । यहाँको वडा नं। १ को अध्यक्षमा नबहादुर खत्री, वडा नं। २ को अध्यक्षमा जीतमान खड्का, ३ को वडाध्यक्षमा लीलाबहादुर घर्ती क्षेत्री, ४ को वडाध्यक्ष टेकबहादुर विष्ट र ५ नं वडाध्यक्षमा सुर्वणकुमार रोका मगरको उमेदवारी परेको छ ।

उक्त पार्टीबाट रोल्पा नगरपालिका, त्रिवेणी र माडी, गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परेको छैन । त्रिवेणी गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा बेदबहादुर पुन र ६ नं वडाध्यक्षमा खिमराज पुनको उम्मेवारी परेको छ । माडी गाउँपालिका–५ को वडाध्यक्षमा प्रकाश केसी र रोल्पा नगरको १० नं वडाध्यक्षमा धनबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

उक्त पार्टीद्वारा जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गएको हो । गुरुङका अनुसार केही स्थानमा काग्रेस र एमालेको तालमेलमा तथा केही स्थानमा एकल उमेदवारी दर्ता गरिएको हो ।

चुनावी मैदानमा पत्रकार : को कहाँबाट उठे ?