दैलेखमा एक हजार ९८३ ले उम्मेदवारी दर्ता गराए

दैलेख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका ११ वटा स्थानीय तहमा गरी कूल एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिकामा १३६, डुङ्गेश्वरमा ११०, भगवतीमाईमा १५०, नौमूलेमा १५४, महाबुमा १५६, भैरवीमा १७५ र ठाटीकाँध गाउँपालिकामा १५७ जनाको उम्मेदवारी दर्ता भएका छन् ।
यसैगरी आठबीस नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनीमा २३६, दुल्लूमा २४५ र नारायण नगरपालिकामा २३५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिए ।
जिल्लाभरि नगरपालिका-गाउँपालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५, वडाध्यक्षमा ४७४, खुला सदस्यमा ७२१, महिला सदस्यमा ३३८ र दलित महिला सदस्यमा ३०८ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया