जुुम्लामा पुग्यो मतपत्र
खलङ्गा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा आज ७६ हजार थान मतपत्र आइपुगेका छन् ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १५२ प्याकेटमा सो परिमाणका मतपत्र आइपुगेको जानकारी दिए । जुम्लालाई ६६ हजार मतपत्र आवश्यक पर्ने उनले बताए ।
नेपाली सेनाको नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले कालिकोटबाट स्टकटिङ गरेर मतपत्र ल्याएको हो ।
जिल्लामा जम्मा मतदाता संख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ र महिला ३२ हजार ४७१ मतदाता छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया