उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन, ‘बैंकमार्फत मात्र खर्च गर्नू’

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा बैंकमार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
‘आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंकमार्फत मात्र खर्च गर्न उम्मेदवारहरूलाई आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी, आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको–नगरेको ख्याल गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।
निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्थामा पनि उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्ने उल्लेख छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया