नेपालले विकेट नगुमाइ ५० रन कटायो

काठमाडौं । जिम्बावे एविरुद्ध ब्याटिङ गरिरहेको नेपालले विना कुनै विकेटको क्षतिमा ५० रन कटाएको छ ।
२१४ रनको लक्ष्य पछ्याएको नेपालले नवौं ओभरमा ५० रन कटाएको हो ।
९.३ ओभरमा नेपालले ५३ रन बनाएर खेलिरहेको छ ।
३३ ओभरमा छोट्याइएको खेलमा जिम्बावेको एले नेपाललाई २१४ रनको लक्ष्य दिएको छ ।
जिम्बावेविरुद्ध डेब्यु गरेका किशोर महतोले ७ ओभरमा ५ विकेट लिँदै सनसनीपूर्ण प्रदर्शन गरेका छन् ।
३२.१ ओभरमै जिम्बावेले १० विकेट गुमाएको हो ।
प्रतिक्रिया