नेपाललाई सिरिज जिताउन निर्णायक खेलमा कुन खेलाडीले कस्तो खेले ?
काठमाडौं । टेस्ट खेलाडी समावेश रहेको जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय श्रृंखला (सिरिज) जिताउने क्रममा नेपालका धेरै खेलाडीले उत्कृट प्रदर्शन गरेका छन् ।
आज भएको निर्णायक खेलमा डेब्यु गरेका किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । प्लेयर अफ दि म्याचसमेत भएका उनले ७ ओभर बलिङ गर्दै ४३ रन दिएर ५ विकेट लिन सफल भए । उनले एक ओभर मेडन पनि फालेका थिए ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए । उनले बिष्फोटक ब्याटिङ गर्दै ६१ बलमा ८४ रन बनाएका हुन् । कुशलले ४ छक्का र ७ छक्का प्रहार गरे ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक नै बनाउँदै अविजित ६० रन जोडे । उनले ४३ बलको सामना गर्दै ३ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसैगरी, नेपालको जितका लागि आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए ।
यसैगरी, बलिङतर्फ सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिए ।
यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ दि सिरिज भए ।
जिम्बावेविरुद्ध सानदार जित निकाल्दै एकदिवसीय सिरिजमाथि नेपालको कब्जा
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया