NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सर्वदलीय बैठकमा कांग्रेस कार्यकर्ता खुकुरी लिएर गए

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका कार्यकर्ता खुकुरीसहित पुगेका छन् । बुधबार बिहान भएको बैठकमा खुकुरीसहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुरुङले आफूले बोक्ने झोलाभित्र खुकुरी लिएर गएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

वडा नम्बर ६ स्थित तोमनडाडा आधारभूत विद्यालयमा बोलाइएको बैठकमा सहभागी हुन भन्दै झोला बोकेर पुगेका उनलाई शंकास्पद देखेपछि प्रहरीले चेकजाँच गर्दा खुुकुरी भेटेको थियो ।

गुरुङ प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।