कुन प्रदेशमा कति छन् मतदाता ?

काठमाडौं । स्थानीय तह सदस्यका लागि शुक्रबार देशभर मतदान हुँदैछ । गणतन्त्र स्थापनापछि दोस्रो पटक हुन लागिएको यो निर्वाचनका सबै प्रकृया पुरा भइसकेको निर्वाचन अयोगले जनाएको छ ।
७५३ स्थानीय तहमा ३५ हजार २२१ जना सदस्यका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चु्नावी मैदानमा उत्रिएका छन् । कुल उम्मेदवारमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार रहेका छन् । आयोगमा दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ दलले मात्र चुनावमा भाग लिएका छन् । १४ दलले एउटा पनि उम्मेदवारी दिएका छैनन् । देशभर कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् । कुल मतदातामध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १० छन् । महिला ८७ लाख ४१ हजार ५३० र अन्य मतदाता १८३ रहेका छन् ।
आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म ३९० सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनबाट प्रमुख÷अध्यक्ष(२९३-४६०), उपप्रमुख-उपाध्यक्ष(२९३÷४६०), वडाध्यक्ष ६७४३, महिला सदस्य ६७४३, दलित महिला सदस्य ६७४३ र खुला सदस्य १३४८६ निर्वाचित हुँदैछन् । सातै प्रदेशमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगपालिका रहेका छन् भने ४६० गाउँपालिका रहेका छन् ।
यस्तो छ सात प्रदेशमा स्थानीय तह संख्या, उम्मेदवार र मतदातको संख्या :
प्रदेश १
महानगरपालिका संख्या १
उपमहानगरपालिका २
नगरपालिका ४६
गाउँपालिका ८८
जम्मा १३७
जम्मा वडा संख्या ११५७
कुल मतदाता ३३ लाख ४७ हजार ३८४
मधेस प्रदेश
महानगरपालिका संख्या १
उपमहानगरपालिका ३
नगरपालिका ७३
गाउँपालिका ५९
जम्मा १३६
जम्मा वडा संख्या १२७१
कुल मतदाता ३३ लाख ३१ हजार १७०
बागमती प्रदेश
महानगरपालिका संख्या ३
उपमहानगरपालिका १
नगरपालिका ४१
गाउँपालिका ७४
जम्मा ११९
जम्मा वडा संख्या ११२१
कुल मतदाता ३४ लाख १२ हजार ८६९
गण्डकी प्रदेश
महानगरपालिका संख्या १
उपमहानगरपालिका ०
नगरपालिका २६
गाउँपालिका ५८
जम्मा ८५
जम्मा वडा संख्या ७५९
कुल मतदाता १७ लाख ८९ हजार ४११
लुम्बिनी प्रदेश
महानगरपालिका संख्या ०
उपमहानगरपालिका ४
नगरपालिका ३२
गाउँपालिका ७३
जम्मा १०९
जम्मा वडा संख्या ९८३
कुल मतदाता ३२ लाख १९ हजार ४५७
कर्णाली प्रदेश
महानगरपालिका संख्या ०
उपमहानगरपालिका ०
नगरपालिका २५
गाउँपालिका ५४
जम्मा ७९
जम्मा वडा संख्या ७१८
कुल मतदाता १० लाख १ हजार २८२
सुदूरपश्चिम प्रदेश
महानगरपालिका संख्या ०
उपमहानगरपालिका १
नगरपालिका ३३
गाउँपालिका ५४
जम्मा ८८
जम्मा वडा संख्या ७३४
कुल मतदाता १६ लाख ३२ हजार १५०
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया