काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल
काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । तीन लाख २४२ मतदाता रहेको काठमाडौँ महानगरपालिका वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता रहेका छन् ।
धेरै मतदाता हुने दोस्रोमा वडा नम्बर ३२ रहेको छ । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नम्बर १ सबैभन्दा कम मतदाता रहेका छन् । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।
वडा नम्बर २३ मा चार हजार ४७७, र वडा २० मा ४ हजार ६१४ मतदाता रहेका छन् । काठमाडौँ महानगरपालिकामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छ ।
वडा नम्बर ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसैगरी वडा १६ मा १० केन्द्र, वडा ७ र ३२ मा ९/९ वटा केन्द्र रहेका छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा नम्बर २३ रहेको छ। यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा नम्बर १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् ।
सबैभन्दा धेरै मतदानस्थल भएको वडा नम्बर १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल रहेका छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ हो । यस वडामा २१ वटा मतदानस्थल रहेको महानगरले जनाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया