पूर्वसभामुख महराद्वारा मतदान
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । रोल्पा नगरपालिका-१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गरेका हुन् ।
यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका-७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गरेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया