मोरङमा मतदान शान्तिपूर्ण
मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको छ । जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
मतदानका लागि पुरुष, महिला, युवा तथा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विराटनगर–११ स्थित जनपथ मावि मतदान केन्द्रमा मतदान गरेकि छिन् ।
यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा र जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पसमा मतदान गर्ने कार्याक्रम रहेको जनाइएको छ ।
जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया