जसपा अध्यक्ष यादव र डा कोइरालाद्वारा मतदान
मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान संकाय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन । त्यस्तै कांग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेकपा (एमाले) का प्रमुखका उम्मेदवार सागर थापाले भने विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गरेका हुन् । विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इञ्जिनीयरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन् । यसैगरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निरौला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान संकाय स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन् । ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया