मत दुरूपयोग गरेपछि मतदान अधिकृत बर्खास्त
काठमाडौं । मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका एक निर्वाचन अधिकृतलाई बर्खास्त गरिएको छ ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको हो ।
बर्खास्तपछि उनको स्थानमा सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर दिएको एक अधिकारीले जानकारी दिए ।
साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि विवाद हुँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । साहले मतको दुरुपयोग गरेपछि विवाद उत्पन्न हुँदा केहीबेर मतदान प्रकृया रोकिएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया