हेटौंडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
मतगणना हेटौंडा-२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उनका अनुसार हेटौंडाको चार वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् ।
मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
हेटौंडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।
निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया